Kath Khabar
रुपन्देहीमा महिलामाथि गोली प्रहार

                     लुम्बिनी, वैशाख ६ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक जना महिलामाथि आज गोली प्रहार भएको छ ।

पाल्पा रैनादेवी छहरा घर भई बुटवलको बुद्धनगरमा चिया पसल व्यवसाय गर्दै आउनुभएकी अन्दाजी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि आज बिहान अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गोली लागि घाइते भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते विष्टको अहिले शल्यक्रियाको तयारी भइरहेको छ ।

घटनाको प्राम्भिक अनुसन्धानबाट भारतीय मुलको जस्तो देखिने व्यक्तिले गोली प्रहार गरी फरार भएको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । (RSS)
---

 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update