Kath Khabar
सुनचाँदीको मूल्य स्थिर

                   काठमाडौं, वैशाख ७ । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
     
यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
---

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update