Kath Khabar
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुको प्रदर्शन आजपनि जारी

                         काठमाडौं, वैशाख ७ । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । १९ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् ।

लामो समयदेखि विचाराधीन विद्यालय शिक्षा ऐन तत्काल लागू गर्न माग गर्दै नेपालभरका शिक्षकहरूले विरोध प्रदर्शन जारी राखेका छन् ।

आन्दोलनरत शिक्षकहरूले शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि शिक्षकहरुको आन्दोलन जारी छ । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।
 

शिक्षकहरूले  विरोधको समय आइतबारदेखि परिवर्तन गरेर बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म परिमार्जन गरिएको छ । यसअघि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update