रवि लामिछानेको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं, वैशाख ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ ।
निवेदनमा सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै हिरासतबाट रिहा गर्न माग गरिएको छ ।
सर्वोच्च अदालत प्रशासनले सोमबार निवेदनको सुनुवाइ हुने पुष्टि गरेको छ । हाल लामिछाने रूपन्देही जिल्ला कारागारमा थुनामा छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय