हाजिरी जमानीमा रिहा भए धवलशमशेर राणा

काठमाडौं, वैशाख ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा छोडेको हो ।
क्यान्सरको उपचाररत समेत रहेका राणा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा थिए । मुखको क्यान्सर भएका राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ । उनीसँगै पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने छुटेका छैनन्।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२ ०७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय