Kath Khabar
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

                काठमाडौं, वैशाख ८ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मृतक र घाइतेको परिचय खुलिसकेको छैन । बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update