Kath Khabar
नेपाल आइपुगे विश्व प्रसिद्ध ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस

                         काठमाडौं, वैशाख ९ । विश्व प्रसिद्ध ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएसएल आयोजकले स्वागत गरेका छन् ।

उनी त्रिपुरेश्वरको दशरथ रङ्गशालामा जारी नेपाल सुपर लिग (एनएसएल)  मा अतिथिका रूपमा सहभागी हुनेछन् । कार्लोसले मंगलबार साँझ एलओडी क्लबमा विशेष उपस्थिति जनाउने एलओडी क्लबका निर्देशक भूपेन कुँवरले बताए।

कार्लोसले १९९२ मा ब्राजिलका लागि सिनियर डेब्यू गरेका थिए ।  फुटबल इतिहासका उनी एक उत्कृष्ट लेफ्ट-ब्याकहरू मध्ये एक मानिन्छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update