सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको दुई लाख नजिक

काठमाडौं, वैशाख ९ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय