Kath Khabar
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मुसलमानको इजलासमा

                       काठमाडौं, वैशाख ९ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई परेको छ।

लामिछानेको रिहाइको लागि उनकी श्रीमती निकिता पौडेलले आइतबार निवेदन दायर गरेकी थिइन्, जसमा उनको थुनामा गैरकानूनी रहेको दाबी गरिएको थियो । हाल उनी सहकारी ठगी मुद्दामा न्यायिक हिरासतमा छन् ।

सुरुमा न्यायाधीश हरि फुयाँलको नेतृत्वमा सोमबार सुनुवाइ हुने तय भएको मुद्दाको निरीक्षण गर्न नसक्ने भन्दै फुयाँलले आफूलाई अलग राखेपछि सुनुवाइ स्थगित गरिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गरेर थुनामै पठाउन आदेश गरेको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update