
नवलपरासी, वैशाख ९ । नवलपरासीमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको ज्यान गएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका-१, अर्मलमा आमाबाबुले कुटेपछि चार महिने शिशुको उपचारका क्रममा मृत्यु दुःखद मृत्यु भएको हो । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार आमाबाबु दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले राति अबेर मदिरा सेवन गरी आफ्नो नाबालक छोरामाथि शारीरिक आक्रमण गरेका थिए।
बच्चालाई परिवारको बरन्डामा गम्भीर घाइते अवस्थामा छोडिएको थियो र स्थानीयले उनलाई पाल्पाको रामपुर अस्पताल पुर्याएका थिए । शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।