कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित
काठमाडौं, वैशाख ९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पधाधिकारीसँग छलफल गरि बोर्डले १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गर्ने निर्णय लिएको हो।
आज बिहान बोर्डको बैठकले निजामति कर्मचारी परिचालन गरेर भए पनि ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय लिएको थियो । तर शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय विवादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । नयाँ परीक्षा तालिका बुधबार सार्वजनिक हुनेछ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ २२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय