तोलामा एकैदिन ७,५०० ले घट्यो सुनको मूल्य

काठमाडौं, वैशाख १० । सुनको मूल्य आज एकैदिनमा तोलामा रू सात हजार ५०० घटेको छ ।
मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेर प्रतितोला रू एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज एकैदिनमा घटेर रू एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला रू पाँचले घटेर रू एक हजार ९६५ मा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १२:१६
प्रतिक्रिया दिनुहोस्