काश्मिरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो, आजै अन्त्येष्टि गर्ने तयारी

काठमाडौं, वैशाख ११ । भारतको कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज नेपाल ल्याइएको छ । बुटवल-१४ निवासी २७ वर्षीय न्यौपानेको शव आज बिहान घर ल्याइएको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था गरिएको थियो ।
बिहान ७ बजेतिर, उनको शव सुनौलीस्थित नेपाल-भारत सीमा बिन्दुमा प्रशासनिक अधिकारीहरू, सुरक्षाकर्मीहरू, स्थानीय प्रतिनिधिहरू र परिवारका सदस्यहरूले प्राप्त गरेका थिए।
सुदीप आफ्नी आमा, बहिनी र भिनाजुसँग बिदा मनाउन भारत गएका थिए । उनको पार्थिव शरीर आज नै अन्त्येष्टि गर्ने तयारी छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय