शिक्षामन्त्री रघुजी पन्तको शपथ आज
काठमाडौं, वैशाख ११ । नवनियिुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
नेकपा-एमालेका वरिष्ठ नेता रघुजी पन्तलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार पन्तले आज अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् । वैशाख ८ मा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि उनको नियुक्ति भएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय