नवनियुक्त शिक्षामन्त्रीले लिए शपथ

काठमाडौं, वैशाख ११ । नेकपा-एमालेका वरिष्ठ नेता रघुजी पन्तले नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा औपचारिक रूपमा शपथ लिएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार पन्तले आज अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको अध्यक्षतामा आयोजित समारोहमा शपथ लिएका हुन्।
रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ २१:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय