सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस
काठमाडौं, वैशाख १२ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४ दशमल १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस भूकम्पमा परी सो भुकम्पमा ८ हजार ९७९ जनाले ज्यान गुमाएका र २२ हजार ३०९ जना घाइते भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय