Kath Khabar
आज वैशाख १२ गते, २०७२ सालको भूकम्पको १० वर्ष पूरा

                    काठमाडौं, वैशाख १२ । आज वैशाख १२ गते, गोरखाको बारपाक केन्द्रविन्दु भएर १० वर्ष अघि आजकै दिन भूकम्प गएको थियो । वि सं २०७२ सालको सो भुकम्पमा ८ हजार ९७९ जनाले ज्यान गुमाएका र २२ हजार ३०९ जना घाइते भएका थिए ।

२०७२ वैशाख १२ गते नेपालले विनाशकारी ठूलो भुकम्प व्यहोर्नुपर्यो । गोरखाको बारपाक केन्द्र बनाएर आएको भुकम्प महाविनाशकारी सावित भयो । ७.८ रेक्टरस्केल मापन गरिएको करिब १ मिनेट लामो कम्पनका कारण ९ हजार जनाको मृत्यु भयो र हजारौं घाइते भए । 

काठमाडौं उपत्यकासहित धेरै ऐतिहासिक स्थल र घरहरू ध्वस्त भएको थियो । भुकम्प हजारौं निजी तथा सार्वजनिक घर तथा भवनहरु ध्वस्त भएका थिए ।  भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो। भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो।

यस अवधिमा निजी घरहरुको निर्माण तथा पुननिर्माण सकिए पनि ऐतिहासिक तथा साँस्कृतिक धरोहर तथा सम्पदाहरुको पुनर्निर्माण भने अझै पुरा हुन सकेको छैन ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update