Kath Khabar
शिक्षकहरूको आन्दोलनमा झडप, एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते

                              काठमाडौं, वैशाख १४ । राजधानीमा जारी शिक्षकहरूको आन्दोलनमा झडप भएको छ । नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्ण रुपमा आयोजना हुँदै आएको शिक्षकहरुको आन्दोलन आइतबार अशान्त बनेको छ ।

शिक्षकहरूले निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीसँग झडप भएपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रण लिन पानीको फोहोरा प्रयोग गरेको छ । भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।

नेपाल शिक्षक महासंघले लामो समयदेखि प्रतिक्षा गरिएको विद्यालय शिक्षा ऐन तुरुन्तै लागू गर्न माग गर्दै आफ्नो विरोध आन्दोलनलाई तीव्र बनाएको छ ।

प्रहरीसँग शिक्षकहरूको झडप भएपछि नेपाल शिक्षक महासंघले आन्दोलनमा घुसपैठ भएको आरोप लगाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update