Kath Khabar
बारामा दुई बस एकआपसमा ठोक्किँदा १९ जना घाइते

                       बारा, वैशाख १५ । जितपुर सिमरामा दुई बस एकआपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । 

आज बिहान जितपुरसिमरा उपमहानगरपालिका २२ को अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडातर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको  हाे ।

प्रहरीका अनुसार दुर्घटनामा परेर पोखरा तर्फ जाँदै गरेको बसमा सवार १९ यात्रुहरू घाइते भएका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update