गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु , दुईजना घाइते

गोरखा, वैशाख १५ । गोरखामा आइतबार बेलुकी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेका छन् । उनी घरमा बसिरहेका बेला एक्कासी चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
यस्तै, आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले र १८ वर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ १२:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय