Kath Khabar
शिक्षक आन्दोलन थप चर्किदै, एकीकृत समाजवादीका नेताहरुको आन्दोलनमा ऐक्यबद्धता

                     काठमाडौं, वैशाख १५ । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलनरत छन् । सरकारले माग सम्बोधन गर्न बेवास्ता गर्दै आएपछि शिक्षकहरुले आन्दोलनलाई थप चर्काउँदै गएका छन् ।

आजको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु बिजुलीबजार पुगेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाललगायतका नेताहरु आन्दोलनमा सहभागी भएका छन् ।

बानेश्वर-माइतीघर बाटो खुलाउन यातायात व्यवसायीहरूले शिक्षकहरूलाई दिए चार दिने अल्टिमेटम

शिक्षकहरूको जारी आन्दोलनका कारण माइतीघर-नयाँ बानेश्वर सडक दिनहुँ अवरुद्ध बनेको छ । यसैबीच, यातायात व्यवसायीहरूले शिक्षकहरूलाई बानेश्वर-माइतीघर मार्ग खाली गर्न चार दिनको अल्टिमेटम दिएका छन् । यातायात व्यवसायीहरूले चार दिन भित्र सडक खाली नगरिएमा कडा विरोध गर्ने चेतावनी दिएका छन् ।  विरोधले यातायात अवरुद्ध भएको छ, जसले गर्दा यातायात व्यवसायी र कामदारहरूको जीविकोपार्जन प्रभावित भएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update