Kath Khabar
माइतीघर मण्डलामा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

 

                         काठमाडौं, वैशाख १५ । सहकारी तथा लघुवित्त पीडितहरूले सोमबार माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।

सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा सोमबार दिउँसो माइतीघर मण्डलामा उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । आन्दोलनमा  ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’, 'सरकारको चालबाजी विश्वास नगर' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

सरकार र सम्बन्धित निकायको बेवास्ताप्रति गम्भीर असन्तोष प्रकट गर्दै उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारा लगाएका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update