सुशान्त केसीको बहुचर्चित गीत 'बार्दली' अब हिन्दी भर्सनमा (भिडियोसहित)
काठमाडौं, वैशाख १५ । युवापुस्तामाझ चर्चित गायक सुशान्त केसीको बहुचर्चित गित ‘बार्दली’ हिन्दी भर्सनमा सार्वजनिक भएको छ । भारतको चर्चित म्युजिक उत्पादन कम्पनी टि सिरिजले ‘बार्दली’ गीतको हिन्दी संस्करण ‘उफ्’ आज रिलिज गरेको हो ।
हिन्दी संस्करणमा सुशान्त केसीसँगै स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको छ । ‘बार्दली’ मा रहेका सबै कलाकार हिन्दी भर्सनमा दखिने छैनन् । यस्तै, इन्द्रकला राईको स्वरमा रहेको ‘लैजााउ है लैजाउ माया' लाई भने हिन्दीमा जस्ताको तस्तै राखिएको छ ।
सुशान्तकै शब्द, संगीत र स्वर रहेको ‘बार्दली’ गीतलाई करोड क्लबमा हेरिएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय