Kath Khabar
शान्तिवाटीकामा राप्रपाको प्रदर्शन

                   काठमाडौं, वैशाख १५ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौंको शान्तिवाटीकामा राप्रपाले प्रदर्शन गरेका हुन् । उनीहरूले धर्मनिरपेक्षता र गणतन्त्र विरुद्धको असहमतिलाई प्रतिबन्ध लगाउने कानून ल्याउने सरकारको योजनाको पनि विरोध गरेका छन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष लिङ्देन सहित राजतन्त्र पुनर्स्थापना राष्ट्रिय आन्दोलन समितिका नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, शिव सेना नेपालका अनिल बाबा, रमा सिंह लगायत सहभागी थिए।

राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणा पनि प्रदर्शनमा सहभागी थिए ।  स्वास्थ्य उपचारको लागि भनेर उनी अदालतबाट हाजिरी जमानीमा छुटेका थिए ।   सोमबार राप्रपा नेपालले भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा उनी खुला रूपमा सहभागी भएका छन् । यता तीनकुने प्रदर्शनबाटै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै थुनामै छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update