Kath Khabar
सुनको मूल्यमा सामान्य वृद्धि

                       काठमाडौं, वैशाख १६ । स्थानीय बजारमा आज मंगलबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार सुन तोलाको १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update