Kath Khabar
गगन थापाविरुद्धको अदालतको अवहेलना मुद्दा अदालतमा पेश


                        काठमाडौं, वैशाख १६ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापा विरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दा अदालतमा पेश गरिएको छ ।

थापाविरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दा आज सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा पेश गरिएको हो । अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदन आइतबार सर्वोच्च प्रशासनले दर्ता गरेको थियो ।

थापाले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए । थापाको अभिव्यक्तिले स्वतन्त्र न्यायपालिकामाथिको गरिमा र जनताको विश्वासलाई कमजोर बनाएको तर्क गर्दै उनलाई कारबाही गर्न निवेदन दायर गरिएको थियो ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update