दाङका युवा वैज्ञानिक मार्शल रोका बलात्कार मुद्दामा दोषी ठहर, सात वर्ष कैदको फैसला

दाङ, वैशाख १६ । दाङका युवा वैज्ञानिक मार्शल रोका बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । एक ३२ वर्षीय महिलालाई बलात्कार गरेको कसुरमा घोराही–१६ का २८ वर्षीय युवा वैज्ञानिक रोकालाई सोमबार दाङ जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलले सात वर्ष कैदको फैसला सुनाएका हुन् ।
पीडित महिलाले बलात्कारको कसुरमा २०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित रोकालाई जेठ १७ गते घरबाटै पक्राउ गरी ०८० असार १० गते जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाएको थियो ।
रोकाले झारपातबाट ग्याँस उत्पादन गर्नुका साथै सल्लोको खोटोबाट उत्पादन गरिएको तेलले मोटरसाइकल चलाएर सफल परीक्षण गरेका थिए । उनलाई लुम्बिनी प्रदेश सरकारले युवा वैज्ञानिकका रूपमा सम्मान समेत गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ १४:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय