प्रतिनिधिसभाबाट ‘भन्सार विधेयक २०८१’ बहुमतले पारित
काठमाडौं, वैशाख १६ । मंगलबारको संसदीय अधिवेशनमा प्रतिनिधि सभामा ‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित भएको छ ।
आज मङ्गलबारको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक पारित गरियोस्’ भनी पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो । यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १८ मा विधेयक प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
२०८० चैत १८ मा दफावार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर २०८१ वैशाख १४ मा सभामा गएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय