Kath Khabar
रेशम चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ

                          काठमाडौं, वैशाख १७ ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ परेका छन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताका लागि आयोजना गरिएको कार्यक्रममा भाग लिइरहेका चौधरीलाई सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेका थिए ।

अहिले उनलाई प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको बताइएको छ । अनुसार टीकापुर घटनाको सन्दर्भमा सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update