Kath khabar
सरकारी संस्थान, सपिङ मल र स्वास्थ्य राज्यमन्त्री श्रेष्ठकै अस्पतालले महनगरलाई तिरेन कर

काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकालाई ५२ व्यक्ति/कम्पनीले घरजग्गा तथा सम्पत्ति कर बुझाएका छैनन् । महानगरलाई कर नबुझाउनेमा सरकारी स्वामित्वका कम्पनी तथा व्यवसायीहरु समेत पर्नु भएको छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको जनमैत्री अस्पताल (बालाजु)ले पनि कर बुझाएको छैन ।

कर नबुझाउनेहरुमा खाद्य संस्थान (थापाथली), नेपाल विद्युत प्राधिकरण (पुरानो बसपार्क), नेशनल ट्रेडिङ (रामशाहपथ), कर्मचारी सञ्चय कोष (ठमेल)ले रहेको छ भने दरबारमार्गस्थित कान्तिपुर होटल, लाजिम्पाटको होटल ग्याङजोङ, ठमेलको बैंशाली होटल पनि रहेको छ ।

सपिङ सेन्टरहरु ज्ञानेश्वरको केएल टावर, रञ्जना ट्रेड सेन्टर, अम्बे कम्प्लेक्स, सिटी सेन्टर, रविन्द्रबहादुर मल्ल (लालदरबार), दिव्यशमसेर जबरा (दरबारमार्ग), जय नेपाल हल (दरबारमार्ग), इम्पेरियल अपार्टमेन्ट (नक्साल), शिशु अर्याल (लाजिम्पाट), सिटी होटल्स (लाजिम्पाट), शुभकामना हाउजिङ डेभलपर्स (भाटभटेनी), ओम सान इन्टरनेशनल कलेज (चाबहिल), गोपिकृष्ण मुभिजले पनि कर बुझाएका छैनन् ।

त्यस्तै झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौं जेसिस, सिग्नेचर अपार्टमेन्ट, टाउन डेभलपर्स, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध मल, ब्याट्री कारखाना (बालाजु), होटल मस्र्याङदी (ठमेल), ह्वाइट फिल स्कूल, आदर्शनगर बिजनेस, बसुन्धरा तुलाधर (न्यूरोड), केशा प्रोपर्टिज, नेपाल स्काउट (लैनचौर), साझा भण्डार (भोटाहिटी), राष्ट्रिय नाचघर (जमल), चेम्बर भवन, नेपाल रेडक्रस सोसाइटी (प्रदर्शनीमार्ग), नेपाली जामे मस्जिद, प्रवीणबहादुर केसी (ज्ञानेश्वर), मैतीदेवी प्लाजा, भरत गिरी (मैतीदेवी), गगन वीर सिंह कंसाकार (पुतलिसडक), एपोलो प्रालि (डिल्लीबजार), अजयराज सुमार्गी पराजुली (बानेश्वर), बरुण बेभरेज र रिद्धिसिद्धि डेभलपर्सलाई महानगरले कर तिर्न आग्रह गरेको छ ।

महानगरले कर नबुझाएका ती कम्पनीलाई ३० दिनभित्र सम्पत्तिको विवरणसहित कर बुझाउन आग्रह गरेको छ । पटक पटक पत्राचार गर्दा समेत कर तिर्न अटेर गरी बुझाउन नआएका उनीहरुलाई महानगरले सूचना नै जारी गरी जरिवानासहित बुझाउन भनेको छ । कर नबुझाएमा महानगरले राजश्व ऐनबमोजिम करदातालाई सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी असुलउपर गर्न कानुनी प्रक्रिया अघि बढाइने बताएको छ।

 

 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update