Kath Khabar
नेपालमा थप २५४८ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, साउन २४ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुुई हजार पाँच सय ४८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट १२ हजार तीन सय ७८ वटा नमुनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुुनेहरुको कुुल संख्या १० हजार ९३ जना पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप दुई हजार २९ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् । 

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप नौ सय ५१ जनाम कोभिड १९ को संक्रमण पुष्टि भएको छ । जसमध्य काठमाडौं जिल्लामा सात सय ४०, ललितपुर जिल्लामा एक सय ५५ जना र भक्तपुरमा ५६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार तीन सय ८३ पुगेको छ । मन्त्रालयका अनुसार देशभर भने सक्रिय संक्रमितहरुको कुुल संख्या ३५ हजार चार सय ८५ पुगेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update