अर्जेटिना, साउन २४ । अर्जेन्टाइन स्टार खेलाडी लिओनेल मेस्सी बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित कार्यक्रममा भक्कानिएर रुनुभएको छ । त्यहाँ उपस्थित मिडिया, क्लबका पदाधिकारी र अन्य व्यक्तित्व अघि सम्बोधन गर्नु अघि र पछि उहाँले आँशु थाम्न सक्नु भएन ।
उहाँले आफु क्लब र अध्यक्ष योहान लापोर्ताले सबैले सहमति जनाउँदा जनाउँदै आफ्नो क्याम्प नोउ बसाइ टुंगिएको बताउनु भयो । 'हामीले यो अवस्था कहिले पनि चाहेका थिएर्नौ', मेस्सीले बताउनु भयो ।
गत सिजन आफैले क्लब छाड्न चाहेको स्वीकार्नुभयो । गत सिजन म आँफै क्लब छाड्न चाहन्थे तर त्यो सम्भव भएन र अहिले म आफै यहाँ बस्न चाहन्छु, यो पनि सम्भव छैन तर आफु बाल्यकालमा आएको र यहीँबाट आफ्नो धेरै समय खर्चिएको कारण केही समय पछि बार्सीलोनामै फर्किने उहाँले बताउनु भयो ।
"यो मेरो लागि सबैभन्दा कठिन समय हो । धेरै खराब नतिजाको सामना गरें, तर यो जस्तो अवस्था थिएन । मैले सोचेको पनि थिइन बार्सा जिवनमा कहिले छोड्छु भनेर, यो मेरो लागि धेरै पिडादायी समय हो। मैले यहाँ, क्याम्पनोउमा धेरै सफलता हात पारे । तर यसरी छोड्नु पर्छ भन्ने कहिले सोचिँन ।"
यसैबीच ३४ वर्षिय स्टार मेस्सीले आफु बिना पनि क्लब अघि बढ्ने आशा रहेका बताउनु भएको छ । तर उहाँले आफुले समथर्क बिच बिदाई हुन नपाएकोमा निकै दुः खी रहेको बताउनु भएको छ । तर समयले साथ दिए फेरी समर्थकमाझ आउनो विश्वास समेतन उहाँले व्यक्त गर्नुभयो । मेस्सी क्लबमा बस्न नपाउने भएपछि पहिलो पटक बोल्नुभएको हो । क्लबसँग थप सम्झौता गर्न नमिल्ने समाचारले आफुलाई निकै दुःखी बनाएको उहाँको भनाई छ ।
साथै उहाँले आफु पिएसजी जानेमा अहिले केही कुरा नभएको समेतन स्पष्ट पानुभयो । आफुले २१ वर्ष लामो समय बिताएको क्लबलाई कठिन अवस्थामा पुर्याउन नचाहेको उहाँले बताउनु भयो । क्लब निकै ऋणमा छ र म त्यसको बोझ बन्न चाहन्न । साथ उहाँले अर्को च्याम्पियन्स लिग जित्न नपाएकोमा समेत धेरै दुःख लागेका बताउनु भएको छ ।
आफुलाई लिभरपुलसँगको सेमिफाइनल र चेल्सीसँगको खेल याद आउने उहाँको भना्रइ छ । मेस्सी बार्साबाट हालसम्म ६ सय ७२ गोल गर्नुभएको छ । ६ पटक बलिन डि ओरको उपाधी उचाल्नु भएको छ । ३४ वटा उपाधी बार्सालाई जिताउनु भएको छ । साथै उहाँले आफु १३ वर्षको उमेरमा आएर २१ वर्ष बिताएको र अब जाँदा श्रीमती र तीन क्याटलिन अर्जेन्टाइन छोराहरु लिएर जान लागेको बताउनु भएको छ ।
उहाँले सम्बोधन दिनु भएपछि त्यहाँ उपस्थित सबै जनाले लामो समसम्म उठेर ताली बजाँउदा पनि मेस्सीले आँशु थाम्न सक्नु भएको थिएन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मेस्सीसँग पिएसजीले अनुबन्धको प्रक्रिया अघि बढाएपनि उहाँले स्वीकार्नुभएको छैन । पिएसजीले मेस्सीको स्वागतका लागि आइफिल टावर समेत बुक गरिसकेको बुझिएको छ ।