काठमाडौं, २५। आजबाट ग्रिष्मकालीन टोकियो ओलम्पिक सकिएको छ । २०६ टिमका एघार हजार भन्दा बढि एथ्लीटले सहभागिता जनाएका थिए । ३३ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । नेपालका तर्फबाट पनि चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुन सहभागिता मै सिमित भयो । खेलाडी छनौट भएर नभइ अनिवार्य सहभागिता र वाइल्ड कार्ड कोटामा भाग लिएका थिए ।
गोपीः विवाद
गत वर्षको मंसिरमा भएको नेपालगञ्ज म्याराथनमा पहिलो हुनुभएक गोपी चन्द्र पार्कीलाई टोकियो ओलम्पिकमा म्याराथनमा छनौट भएको घोषणा गर्यो । एथ्लेटिक्स संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद तीनै जना मिलेर उहाँलाई सम्मान समेत गरे । र यी तीनै पक्षले टोकियो ओलम्पिक आयोजकले धेरै आवेदन भएको कारण नाम फिर्ता आएको जवाफस्परुप जवाफ फर्र्काए । उहाँको सट्टामा सरस्वती चौधरीलाई सय मिटर दौडमा सिफारिस गरिायो । गोपीको नाम किन फिर्ता भयो त ? भन्ने स्पष्ट जवाफ संघ, परिषद र कमिटी तीन वटै निकायले दिन सकेको छैन । बरु एक अर्काको कम्जोरी ढाकछोप गर्ने प्रयास गरिरहेका छन् । विज्ञहरुका अनुसार नाम दर्ता हुन छुटेको हो । सम्बन्धीत निकायले ध्यान पुराउन नसक्दा लापरबाही भएको हो । तर यसबारे जवाफ देहीता कसैले खोजेको छैन । अझै गोपीलाई गुम्राहमा राखिएको छ ।
खेलाडी भन्दा पदाधिकारीको लर्को धेरै
परापुर्व काल देखि नै ठुला प्रतियोगिता हुँदा पदाधिकारीको अनावश्यक लाम लाग्ने पराम्परा नेपाली खेलकुदको प्रचलन नै हो । कोरोनाको महामारी बिच भएको प्रतियोगिता पनि यो प्रचलनबाट अछुतो रहेन । चार खेलमा पाँच खेलाडीले सहभागिता जनाउन प्रतियोगितामा १४ जना ओलम्पिक कमिटीका पदाधिकारी र कर्मचारीको लर्को लाग्यो । त्यो पनि फरक खेलका पदाधिकारी फरक खेलका व्यवस्थापक भएर सहभागि हुनु भयो । अन्य देशले खेलाडीलाई सहयोग हुने कर्मचारीहरुलाई प्राथमिक्तामा राख्दा नेपालका भने पदाधिकारी विदेश शयरमा निस्के ।
खेलाडीको सहभागिता खासै उत्साहजनक हुन सकेन । तीन खेलाडीले आफ्नो राष्ट्रिय किर्तीमान सुधार गर्दा दुई खेलाडीले प्रतिस्पर्धा उत्साहजनक हुन सकेन । नेपालबाट चार महिला र एक पुरुष खेलाडीले सहभागिता जनाएका थिए । ओलम्पिकमा पहिलो पटक जेन्डर ब्यालेन्स भयो । एक पुरुष र एक महिला खेलाडीले आ-आफ्नो देशको झण्डा उचालेका थिए । नेपालका तर्फबाट पौडीकी गौरिका सिहं र एलेक्स शाहले उचाल्नु भएको थियो ।
जुडोकि सोनिया र सुटिङ पहिलो चरण पार गर्न असफल
सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिक सहभागि भएका खेलाडी हुन् । उहाँले कम्तीमा एक बाउट जित्ने लक्ष्य राख्नु भएको थियो । ४८ केजी तौल समुहको प्रतिस्पर्धामा उहाँ मात्र एक मिनेट १६ सेकेण्डमा आउट हुनु भयो । उहाँलाई रुस ओलम्पिक कमिटीकी इरिना डोल्गाले सहजै इप्पोनको आधारमा पराजित गर्नुभएको हो । सुटिङकि कल्पना परियारले राष्ट्रिय किर्तीमान सुधार गर्नुभएपनि पहिलो चरणबाटै बाहिरिनु भयो । १० मिटर इएर राइफलको प्रतिस्पर्धामा उहाँले कुल ६१६ दशमलव ८ स्कोर बनाउृनु भयो । यस अघि १३ औँ दक्षिण एसियाली खेलकुदमा उहाँ आफैले बनाउनु भएको ६१४ दशमलव ५ स्कोरेको किर्तीमान सुुधार गर्नुभएको हो ।
एलेक्स र गौरिकाको किर्तीमानमा सु्धार
पौडी एलेक्जेन्डर शाहले पुरुष सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय किर्तीमान सुधार गर्नुभयो । उहाँले फ्रि स्टाइलको लङ कोर्समा ५३ दशमलव चार एक सेकेण्डको नयाँ राष्ट्रिय किर्तीमान बनाउनु भएको हो । यस अघि उहाँले कोरियामा भएको विश्व च्याम्पियनसिपमा ५६ दशमलव २८ सेकेण्डको टाइमिङ निकाल्नु भएको गियो। गौरिकाले पनि उक्त प्रतिस्पर्धामा बनाएको एक मिनेट ६२ मिलिसेकेण्डको किर्तीमान लाई सुधार गर्नुभयाो । नयाँ किर्तीमान एक मिनेट ११ मिलिसेकेण्डको. रहेको छ ।
भाग्यमानी सरस्वतीको कम्जोर प्र्रदर्शन
गोपीको ठाउमा अनिवार्य सहभागितामा स्थान बनाउनु भएको सरस्वती चौधरीले पनि राम्रो प्रतिूस्पर्धा देखाउन चुक्नु भयो । अन्तिम समयमा ओलम्पिक खेल्न पाउनुभएकी भाग्यमानी खेलाडी सरस्वती अवसरमा खरो उत्रिन सक्नु भएन । उहाँले सय मिटरको उक्त प्रतिस्पर्धामा आफ्नो व्यक्तिगत पनि सुधार्न सक्नु भएन । उहाँले निर्धारित दुरी १२ दशमलब नौ एकमा पुरा गर्नु भएको हो । यसअघि सागमा उहाँको टाइमिङ १२ दशमलव पाँच पाँच सेकेण्ड रहेको थियो ।