Kath khabar
के तपाईहरुसंग कतारी रियाल बैंक नोटहरु छ ? 

काठमाडौ, बैशाख ७
के तपाईहरुसंग कतारी रियाल बैंक नोटहरु छ ? यदि छ भने ति नोटहरु तपाईहरुले बैंक तथा बित्तीय संस्था एवं मनी चेन्जर कम्पनीहरुमा गएर साटी हाल्नुपर्ने भएको छ । 
नेपाल राष्ट्र बैंकले यही बैशाख २७ गतेसम्म आफुसंग भएको कतारी रियाल बैंक नोटहरु सटही गरिसक्न निर्देशन दिएकाले पनि ग्राहकहरुले नोट सटही गर्नुपर्ने भएको हो । कतारको केन्द्रिय बैंकले निष्काशन गरेका हाल चलनचल्तीमा रहेका चौथौ संस्करणका कतारी रियाल बैंक नोटहरु उक्त बैंकले सन् २०२१ जुलाई १ पश्चात चलनचल्तीबाट हटाउने निर्णय गरेको हुंदा आफुसंग भएका त्यस्ता नोटहरु २०७८ बैशाख २७ गतेभित्र प्रचलित व्यवस्था बमोजिम सटही गरिसक्नुपर्ने छ, राष्ट्र बैंकले मंगलबार सुचना जारी गर्दे भनेको छ । 

राष्ट्र बैंकका अनुसार लागि राष्ट्र बैकको बैकिङ बिभाग, बैंकिङ कारोवार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरु, बिदेशी बिनिमय कारोवार गर्न अनुमती पाएका बैंक तथा बित्तीय संस्थाहरु,परिर्वत्य बिदेशी मुद्राको कारोवार गर्ने मनिचेन्जरहरुबाट गर्नु गराउनु पर्नेछ । 
उक्त मिति पश्चात भने त्यस्ता बैंक नोटहरु सटही गर्न राष्ट्र  बैंक लगायत ईजाजतपत्रप्राप्त बैंक तथा बित्तीय संस्थाहरु, मनिचेन्जरहरु बाध्य हुने छैनन्, राष्ट्र बैंकले भनेको छ ।     

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update