तीन हजार छ सय ५१ जनामा कोभिड १९ को संक्रमण पुष्टि
२२ जनाको मृत्यु देशभर एक हजार सात सय ८४ जना संक्रमणमुक्त
काठमाडौं, साउन २५ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार छ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभर १० हजार चार सय ४५ पीसीआर परीक्षण गर्दा दुुई हजार छ सय नौ र छ हजार एक सय ४९ एन्टीजेन परीक्षण गर्दा एक हजार ४२ गरी कुल तीन हजार छ सय ५१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणका कारण थप २२ जनाको मृत्युु भएको छ । यस अवधिमा संक्रमणमुक्त हुुनेहरुको कुुल संख्या भने एक हजार सात सय ८४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८ १९:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय