काठमाडौं, साउन २६ । सामान आयात गरेर मात्रै होइन पुनर्बीमा गरेर पनि देशबाट वर्षेनी अर्बाै रकम बाहिरिन्छ । स्वदेशमा दुई वटा पुनर्बीमा कम्पनी रहेका भएपनि यहाँका कम्पनीले कमिसनको मोहमा विदेशी बीमा कम्पनीमा पुनर्बीमा गराउने गरेका छन् ।
पुनर्बीमा वापत बाहिरिने रकम रोक्न स्वदेशमा पुनर्बीमा कम्पनी खोलेपनि बाहिरिने रकममा भने कमि आउन सकेको छैन । कम्पनीहरुले स्वदेशको पुनर्बीमा कम्पनीमा बीमा गर्ने हिस्सा बढाउन नखोज्दा बाहिरिने रकममा कमि नआएको हो ।
अहिले देशमा १९ वटा जिवन बीमा र २० वटा निर्जिवन बीमा कम्पनी रहेका छन् । बीमा कम्पनीहरुले बीमा गरेपछि त्यसको फेरी उनिहरुले पुनर्बीमा कम्पनीसँग त्यो पोलिसिको बीमा गराउने गर्छन् । जोखिमको भार कम गर्नका लागि बीमा कम्पनीहरुले पुनर्बीमा गर्ने गरेका छन् । बीमा कम्पनीले मात्रै हैन स्वदेशमा सञ्चालित पुनर्बीमा कम्पनीले पनि अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराउने गर्छ ।
पुनर्बीमा कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्ष ८३ करोड ८१ लाख पुनर्बीमा वापत बाहिरिएकोमा यो वर्षको सोहि अवधिमा यस्तो रकम १० प्रतिशतले बृद्धि भएर ९२ करोड ८९ लाख पुगेको छ । त्यस्तै अन्य बीमा कम्पनीले अन्तर्राष्ट्रिय बीमा कम्पनीसँग पुनर्बीमा गर्दा आर्थिक वर्ष २०७५/०७६ मा ११ अर्ब ५५ करोड रकम बाहिरिएकोमा आर्थिक वर्ष २०७६/०७७ १३ अर्ब १० करोड बाहिरिएको बीमा समिति बताउँछ ।
पुनर्बीमा कम्पनी खुलेपछि भने अहिले देशमा पुनर्बीमाा बापत पनि रकम भित्रिने गरेको छ । पुनर्बीमा कम्पनीका अनुसार गत आर्थिक वर्षमा १८ वटा देशहरुबाट ६८ करोड रकम पुनर्बीमाा बापत आएको थियो । त्यस्तै गत वर्ष १४ वटा देशबाट करिब १ अर्ब ७३ करोड रकम भित्रिएको छ । अर्थात पुनर्बीमा कम्पनीले देशमा ल्याउने रकम १ सय ५३ प्रतिशतले बढेको छ ।
स्वदेशमा सञ्चालित बीमा कम्पनीले यहाँको पुनर्बीमामा २० प्रतिशत पुनर्बीमा गराउनु पर्ने व्यवस्था छ तर, यो गरे नगरेको अहिलेसम्म खासै अनुगमन हुन सकेको छैन । जसका कारण विदेशी कम्पनीले पत्याएर नेपालको पुनर्बीमा कम्पनीमा बीमा गर्ने क्रम बढेपनि स्वदेशी कम्पनीले यहि पुनर्बीमा गर्ने क्रम भने बढ्न सकेको छैन ।
अहिले देशमा दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । स्वदेशमै पुनर्बीमा गर्ने र कमि ल्याउन सकिनेछ ।