Kath khabar
बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताबिचको खाडल चुलियो

काठमाडौ, बैशाख ७
नेपाली बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताबिचको खाडल चुलिएको छ । नेपाल राष्ट्र बैंकको चालुु आर्थिक बर्षको फागुुन मसान्तसम्मको बैंक तथा फाईनान्स कम्पनीहरुमा कायम रहेको निक्षेप तथा कर्जा सम्वन्धी बिस्तृत बिवरण अनुसार निक्षेप तथा कर्जाबिचको खाडल चुलिएको देखिएको हो ।  
यसअवधिमा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंक, १९ वटा बिकास बैंक र २० वटा फाईनान्स कम्पनीहरुमा रहेको कुुल निक्षेप खाता संख्या तीन करोड ४६ लाख ७१ हजार नौ सय ४९ रहेको छ । तर यि संस्थाहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने जम्मा १६ लाख एक हजार नौ सय ५८ मात्र रहेको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंकहरुमा मात्र कुुल दुुई करोड ९७ लाख ७६ हजार छ सय ५१ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या भने जम्मा १२ लाख ४५ हजार दुुई सय ७१ मात्र रहेको छ । 
यसैगरी बिकास बैंकहरुमा कुुल ४२ लाख आठ हजार पाँच सय ४२ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या भने तीन लाख ११ हजार एक सय ४७ मात्र रहेको छ । राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुमा भने छ लाख ९५ हजार सात सय ५६ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या भने ४५ हजार पाँच सय ३९ वटा मात्र रहेको छ । यसरी निक्षेप र कर्जा खाताबिचको असन्तुलनले बैंकिङ क्षेत्रमा आम सर्वसाधारणको कर्जामा पहुंच कम देखिएको छ । 
बैंक तथा फाईनान्स कम्पनीहरुमा निक्षेप राख्ने भन्दा पनि कर्जा लिने बिषयमा प्रकृयागत जटिलता भएकाले पनि निक्षेप तथा कर्जा खाताबिचको खाडल उच्च भएको कर्जावाला ग्राहकहरु बताउँछन । तर यसबिषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुुमार ढकाल भने निक्षेप र कर्जा खाता बिच यहाँ मात्र होईन बिश्व बैंकिङ क्षेत्रमा निकै ठुुलो फराकिलो अन्तर भएको बताउनुुहुन्छ । यदि बैकिङ क्षेत्रमा निक्षेप राख्ने र कर्जा लिने बराबर भएको खण्डमा बैंकिङ क्षेत्रमा समस्या उत्पन्न हुुन सक्छन, उहाँले भन्नुु भयो ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update