Kath Khabar
नेपालमा थप ४९०४ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, साउन २६ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा देशभर चार हजार नौ सय चार जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुबाट कुुल १९ हजार एक सय २३ वटा नमुनाको परीक्षण गर्दा गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् ।

 यसैगरी पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको कुुल संख्या १० हजार एक सय ५० पुगेकोे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार एक सय १५ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् । 

काठमाडौं उपत्यकाम भने पछिल्लो २४ घण्टामा एक हजार एक सय ८९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौ जिल्लामा सात सय ९५ जना, ललितपुर जिल्लामा दुई सय ३९ जना र भक्तपुर जिल्लामा एक सय ५२ संक्रमितहरु भेटिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो समेत गरी काठमाडौ उपत्यकामा सक्रिय संक्रमितहरुको संख्या १० हजार नौ सय १० पुुगेको छ । देशभर भने कुुल सक्रिय संक्रमितहरुको संख्या ३७ हजार तीन सय ३२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update