फ्रान्स, साउन २६ । अर्जेन्टाइन सुपर स्टार खेलाडी लियोनल मेस्सी र लिग वान क्लब पेरिस सेन्ट जर्मेन पिएसजी बीच सम्झौता हुने भएको छ । मेस्सी पिएसजीसँग दुई वर्षका लागि सम्झौता हुने भएको हो ।
बीबीसीका अनुसार गत बिहीबारबाट नै मेस्सी र पिएसजी सम्पर्कमा थिए र दु्ई पक्ष सम्झौता भएपछि मेस्सी पेरिस उड्नु भएको हो । साथै उहाँसँग एक वर्ष थप समय लम्बाउने विकल्प समेत रहेको सम्झौतामा उल्लेख रहेको बताइएको छ । फ्रि एजेन्ट मेस्सीले २५ मिलियन युरो र प्रतिवर्ष २५ मिलियन युरो पाउने सम्झौता हुने भएको छ ।
आइतबार मेस्सीलाई क्लबमा राख्न विकल्प खोजी गरिएको भनिएता पनि अन्तत मेस्सी फ्रान्स पुग्नु भएको हो । बिबिसीका अनुसार मेस्सीलाई अब चाँडै पेरिसको आइफि टावरमा सार्वजनिक गरिने छ । मेस्सी स्वागतमा यस अघि नै आइफिल टावर बुक गरिएको छ । भने हजारौं समर्थक मेस्सीको आगमनको प्रतिक्षामा पेरिसमा जम्मा हुन थालेका छन् ।
मेस्सीले गत २४ गते मात्रै आफ्नो २१ वर्षे लामो बार्सा बसाइ औपचारिक रुपमा टुंग्याउनु भएको थियो । मेस्सीको आगमनको विषयमा प्रशिक्षक माउरिसियो पोचेटिनोले पिएसजी बलियो रुपमा प्रस्तुत हुँदै हरेक प्रतिस्पर्धा जित्ने बताउनु भएको थियो । मेस्सीका मिल्ने साथ नेइमार पिएसजीमा हुनुहुन्छ भने केलियन एम्बाप्पेको पनि साथ रहनेछ । लिग वान यसै सातबाट सुरु भएको छ र पिएसजीले बिजयी सुरुवात गरेको छ । गत सिजन उसले लिग वानमा उपबिजेता बन्दै लिग टुंग्याएको थियो । साथै क्याम्प नोउको मुलद्धारमा रहेको मेस्सी पोष्टर समेत हटाइएकोछ ।