काठमाण्डौं, वैशाख ८ । जर्मन लिग बुन्डेश लिगमा साविक बिजेता बायर्न म्युनिखले बायर लिभरकुशेनमाथि दुइ सुन्य गोलको सहज जित हात पारेको छ । यो नतिजा पछि तालिकामा स्पष्ट १० अंक बनाएको छ ।
अब बायर्नलाई ९ औं पटक लिग च्याम्पियन बन्न चार खेलमा एक जित काफी हुनेछ । पहिलो हाफको सुरुवातमै बायर्नले दुइ गोलको अग्रता बनाएको थियो । खेलको सातौ मिनेटमा गोल गरी एरिक म्याक्सिम चुपो मोटिङले बायर्नको खाता खोले । थोमस मुलरको रिबाउण्ड भएको बललाई मोटिङले गोल गरेका हुन् । मोटिङको बुन्डेश लिगामा लगातार तेस्रो खेलमा गोल गरेको यो दोस्रो पटक हो । उनले यस अघि मेञ्जमा हुँदा लगातार गोल गरेका थिए । यसुवा किमिचले १३ औँ मिनेटमा अर्को गोल थपे ।
गएराती नै भएको अर्को खेलमा दोस्रो स्थानको लाइपजिक कोलोनसँग दुइ एक गोलले पराजित बनेपछि बायर्नलाई फाइदा पुगेको हो । शनिबार मेञ्ज विरुद्ध जित हात पारे बायर्नले तीन खेल अगावै उपाधी जित्ने छ । यो सिजनको अन्त्यसँगै क्लब छाड्ने तयारीमा रहेका प्रशिक्षक हान्सी फ्लिकको बायर्नबाट सातौ उपाधी हुनेछ ।