Kath Khabar
नेपालमा थप ३४८१ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, साउन २७ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार चार सय ८१ जनामा कोरोनाा भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुबाट कुल १६ हजार छ सय ५६ स्वाब वटा नमुनाको परीक्षण गर्दा तीन हजार चार सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

 यो संगै नेपालमा सक्रिय संक्रमितको कुल संख्या ३८ हजार ३३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक हजार आठ सय ८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 यसैगरी काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नौ सय ६४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा छ सय ६३, ललितपुर जिल्लामा एक सय ९२ र भक्तपुर जिल्लामा एक सय नौ जनामा संक्रमण पुष्टि भएको हो । यो समेत काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update