काठमाडौं, साउन २८ । अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड ओपोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट-जेनरेशन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ । हार्डवेयर नवप्रबर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले सावधानिपूर्वक फ्रण्ट फेसिंग क्यामेरालाई स्मार्टफोन डिस्प्लेको मूनी प्रयोग वा स्ट्यान्डबाई दूबै अवस्थामा समग्र स्क्रिनको मज्जा लिन सकिने तरिकाले स्थापित गराएको छ । यसले प्रयोगकर्तालाई स्क्रिनको गुणस्तरर क्यामेराले खिच्ने दृष्यको गुणस्तरमा सटिक सन्तुलन र विना सम्झौता एकरुपता प्रदान गर्छ ।
यो नयाँ अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले अन्डर स्क्रिन क्यामेराको, विकासक्रमको सुरुवाती अवस्थादेखि समस्याका रुपमा आइरहेका रुकावतहरुको समाधानार्थ विभिन्न प्राविधिक र उत्पादन सम्बन्धि चुनौतिहरुको विकल्प तथा समाधानहरु उपलब्ध गराएको छ । अन्डर-स्क्रिन क्यामेरा माथीको स्क्रिन क्षेत्रमा देखिने अस्थिर डिस्प्ले गुणस्तर, क्यामेरालाई स्क्रिनले छोपेका कारण देखापर्ने न्यून गुणस्तरिय तस्विर तथा उत्पादनप्रतिको विश्वस्नियता र टिकाउपन लगायत समस्याका समाधानपनि यसले उपलब्ध गराएको छ । नयाँ अन्डर स्क्रिन क्यामेरा प्रविधिले फूल स्क्रिन अनुभवलाई नयाँ उचाई प्रदान गर्ने क्षमता बोकेको छ ।
डिस्प्लेमा, ओपोको नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले स्ट्रक्चर डिजाइन र एआई अल्गोरिदममा उपलब्ध गराएका केही नयाँ नवप्रबर्तनहरुका बारेमा संक्षिप्त जानकारी: अभिनव पिक्सेल ज्यामिति : नयाँ सोल्यूशनले हरेक पिक्सलको साईज, पिक्सेलको संख्यामा कुनै कमी नल्याइकन घटाउन सघाउँछ । यसले गर्दा क्यामेरा अवस्थित क्षेत्रमा समेत ४००-पीपीआई उच्च गुणस्तरिय डिस्प्लेको सुनिश्चितता मिल्छ ।
पारदर्शी वायरिंग र नयाँ डिजाइन :
ओपोले पारम्परिक स्क्रिन वायरिंगलाई नयाँ पारदर्शी वायरिंग धातुको प्रयोग मार्फत विस्थापित गरेको छ । उच्च परिशुद्धता सहितको उत्पादन प्रक्रिया मार्फत वायरिंगका कारण हुने चौडाईलाई ५०% घटाएर सटिक डिस्प्ले गुणस्तरका साथै आरामदायी दृश्यानुभूति प्राप्त हुन्छ ।
स्क्रिनको सटिकता, रंग र प्रकाश माथि सुदृढ नियन्त्रण :
विद्यमान औद्योगिक मानक अनुसार क्यामेरा माथीको स्क्रिन क्षेत्रमा २ पिक्सेल ड्राइभका लागि १ पिक्सेल सर्किट (१-टू-२)का स्थानमा ओपोले एक पिक्सेल सर्किटले एक पिक्सेल नै ड्राइभ गर्ने आफ्नो स्वामित्व अन्तर्गतको नयाँ समाधान प्रस्तुत गरेको छ । ओपोको सटिक अल्गोरिदम कम्पेन्सेशन प्रविधिसंगको संयुक्त प्रयोगले समग्र स्क्रिनको क्रोम्याटिसिटी र प्रकाश माथिको नियन्त्रणको सटिकतालाई मात्र २%को डेभिएशनमा सिमित गर्छ । ई-बुक्स पढ्ने, समाचार ब्राउज गर्ने, म्याप्सको नेभिगेशन लगायत कार्यमा ओपोको नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा प्रविधिले साना फन्ट्सको सटिक प्रदर्शनी, तथा टेक्स्चर र रंगको गुणस्तरमा समेत सटिकता प्रदर्शित गर्छ । यसले गर्दा प्रयोगकर्ताले निरन्तर आनन्ददायी दृश्यानुभूतिको मज्जा पाउँछन् ।
अझ भरपर्दो र टिकाउ :
१-टू-१ पिक्सेल सर्किट र डेडिकेटेड अप्टिमाइजेशन अल्गोरिदमका साथमा ओपोको नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले स्क्रिनको अन्डर-स्क्रिन क्यामेराको क्षेत्रका लागि डिस्प्ले कम्पेन्सेशन उपलब्ध गराउनुका साथै, स्क्रिनको आयू ५०% सम्म लम्ब्याउने क्षमता राख्छ ।
क्यामेराको कुरा गर्नु पर्दा ओपोको यूएस रिसर्च ईन्ष्टिच्यूटले ईमेजिंग एआई अल्गोरिदमको एक नयाँ श्रेणीकै विकास गरिसकेको छ । तिनमा विवर्तन घटाउने, अन्डर स्क्रिन क्यामेरामा साधारणतया देखिने धमिलो आकृति तथा अति चहकिलो हुने लगायत एचडीआर र एडब्ल्यूबी जस्ता समस्याको समाधान सम्मिलित रहेका छन् । उपभोक्ताले स्पष्ट, प्राकृतिक देखिने तस्विर तथा दृष्य कैद गर्न सकुन् भन्ने सोचका साथ ओपोले आफ्नो एआई डिफ्राक्शन रिडक्शन मोडललाई दसौँ हजार तस्विरहरका सहायताले तालिम प्रदान गरिसकेको छ ।
फराकिलो स्क्रिन-टू-बडी रेसियो तथा आकर्षक डिजाइन प्रतिको उपाभोक्ता मागमा बृद्धि संगै ओपोले ती क्षेत्रमा विकास तथा अन्वेषणका लागि ठूलो लगानी गरेको छ । सन् २०१८को सुरुवाती अवस्थादेखि ओपोले हालसम्म आई पुग्दा अन्डर-स्क्रिन क्यामेरा सोल्यूशन अन्तरगत तीन पुस्ता सार्वजनिक गरिसकेको छ भने, प्रक्रियागतरुपमा २ सय प्याटेन्ट दर्ता गराइ सकेको छ । सन् २०२०मा यस प्रविधिको थप विकासका लागि योगदान दिने सोचका साथ कम्पनीले अन्डर-स्क्रिन क्यामेरा प्रविधिका लागि आफ्नो पहिलो प्रस्तावित मापदण्ड, ईन्टरनेशनल ईलेक्ट्रोनिकल कमिशन (आईईसी) माझ सबमिट गरेको थियो । उक्त प्रश्तावनामा डिस्प्ले ट्रान्समिट्यान्स, रिफ्लेक्ट्यान्स, यूनिफरमिटी, गामा करेक्शन, कलर सिफ्ट र ब्राइटनेस डिके लगायत सात प्रमुख प्राविधिक मेट्रिक्स सम्मिलित थिए ।
आफ्ना विश्वभरका उपभोक्तालाई ट्रु फूल-स्क्रिन अन्डर-स्क्रिन क्यामेराको अभुतपूर्व अनुभव प्रदान गर्ने लक्ष्यका साथ ओपोले अन्डर-स्क्रिन क्यामेरा प्रविधिमा थप अनुकूलनका लागि हार्डवेयर डिजाइन र अल्गोरिदमिक प्रोशेसिंग क्यापेबिलिटिज् अन्तर्गत आर एण्ड डीलाई निरन्तरता दिने जानकरी दिएको छ ।