Kath Khabar
कोभ्याक्स मार्फत नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने

काठमाडौं, साउन २९ । कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तिय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि जिएभिआईसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । यस सम्झौतासँगै नेपालको कोभिड-१९ विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।

“कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल शुरुवाती देशहरू मध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिहरुका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भन्नुभयो । मोडेर्ना खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरु विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउँने भएको छ ।

यी खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आईपुग्ने अपेक्षा गरिएको छ र यसले  नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरी लाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने छ । कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौं । माल्दिभ्स, नेपाल तथा  श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भन्नुभयो । यस सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश हो जसले नेपालको आपतकालिन स्वास्थ्य क्षेत्रको माग पुरा गर्न र स्वास्थ्यसेवा र खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्नेछ । श्री जर्भोसले थप्नुभयो ।

नेपाल सरकारको महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले $104 million उपलब्ध गराईसकेको छ, जसअन्तर्गत कोभिड-१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि $675 million विनियोजन गरिएको छ । अघिल्लो महिनामा विश्व बैंकका तर्फबाट १००० थान अक्सिजन कन्सन्ट्रेटरहरू र सातवटा अक्सिजन जेनेरेटर प्लान्टहरू ल्याईएको थियो जुन सातै वटा प्रदेशहरूमा स्थापना गरिदैंछ । यी कार्यहरूले भविष्यमा आउन सक्ने महामारीका अन्य लहरहरूसँग जुध्नका लागि सरकारको स्वास्थ्य प्रणाली तयारीलाई सुदृढ बनाउन सहयोग गर्नेछ ।

कोभ्याक्ससँगको लागत-साझेदारी विकल्प उपयोग गर्ने विश्वका सुरूवाती देशहरू मध्यको एक र दक्षिण एसियाकै पहिलो देश बनेकोमा हामी नेपाल सरकारको सराहना गर्न चाहन्छौं । विश्व बैंकका लागि दक्षिण एसियाका भाइस प्रेसिडेन्ट श्री हार्टविग सेफरले भन्नुभयो । यो अभूतपूर्व संकटबाट नेपाली जनता र अर्थतन्त्रलाई उकास्न र उत्थानशिलता सुनिश्चत गर्न नेपालका लागि कोभिड-१९ खोप कार्यक्रम अत्यन्तै महत्वपूर्ण छ र यसका लागि सहयोग र समर्थन जारी राख्न विश्व बैंक पूर्णरूपमा प्रतिबद्ध छ  ।

विश्व बैंकले विभिन्न देशहरुको कोभिड-१९ खोप कार्यान्वयन योजनाहरुलाई सहयोग गर्दछ । राष्ट्रहरुले आफ्नो विशिष्ट आवश्यकताहरु र खोप र उपचारविधीका सन्दर्भमा WHO ले सिफारिश गरेका नीति र मार्गनिर्देशनहरूको विश्लेषण गरि आफुलाइ उपयूक्त विकल्पहरू छनौट गर्छन् । खोप खरिदका निम्ति विश्व बैंक समुह अन्तर्गतका आईबिआरडी र आईडिए श्रोतहरूका लागि योग्य हुनका लागि  कोभिड-१९का खोपहरूले निम्न दुई न्युनतम योग्यताहरू हासिल गरेको हुनुपर्दछ ।

कोभ्याक्स सुविधा मार्फत खरिद वा आपूर्ति गर्नका लागि विश्व स्वास्थ्य संगठनले पहिचान गरेका कम्तिमा एउटा नियामक निकायहहरुद्वारा नियमित वा आपतकालिन प्रयोगको लागि अनुमति प्रदान गरेको हुनुपर्ने छ । विश्व स्वास्थ्य संगठनद्वारा पुर्वीयोग्यताप्रदान गरेको वा आपतकालिन प्रयोगको लागि सुचिकृत गरिएको हुनुपर्नेछ । मोर्डना खोपले यी दुवै योग्यता हासिल गरिरहेको छ ।

कोभिड-१९ विरुद्ध विश्व बैंकको प्रतिकार्य
कोभिड-१९को सुरूवात देखि नै विश्व बैंक ले यस महामारीले स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा पारेका असर विरूद्ध जुध्न अमेरिकी डलर १५७ बिलियन विश्वभर विनियोजन गरेको छ जुन विश्व बैंकको ईतिहासमै सबैभन्दा द्रुत गतिको र बृहत रूपको संकट प्रतिकार्य हो । यस प्रतिकार्य कार्यक्रमले एक सय भन्दा बढि देशहरूलाई स्वास्थ्य प्रणालीको सुदृढिकरण, अति विपन्न घरपरिवारलाई जिविकोपार्जन र रोजगार सहयोग, वातावरण-मैत्री पुनर्लाभ आदिमा सघाईरहेको छ । यसका साथै विश्व बैंकले खोप खरिद तथा वितरणका लागि ५० भन्दा बढी कम तथा मध्य आय भएका देशहरूलाई सघाइरहेको छ, यी मध्ये आधा भन्दा बढी देशहरू अफ्रिकामा पर्छन् । यस उद्देश्यका लागि विश्व बैंकले सन् २०२२ को अन्त्यसम्म अमेरिकी डलर २० बिलियन वित्तिय सहयोग उपलब्ध गराउँदैछ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update