काठमाडौं, साउन ३० । मुलुकको उद्योग क्षेत्रमा चिनियाँ लगानी सबैभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अवधिमा चिनियाँ लगानीकर्ताहरुले उद्योग विभागमार्फत् नेपालमा १४० उद्योग स्थापना गर्ने भन्दै २२ अर्ब ३४ करोड ५० लाख लगानी स्वीकृत गराएका छन् ।
गत आर्थिक वर्ष २०७६/७७ मा पनि उनीहरुले १७४ वटा उद्योग स्थापना गर्ने भन्दै २५ अर्ब ८१ करोड ६७ लाख लगानी स्वीकृति गराएका थिए। एसिया, युरोप, अमेरिका र अफ्रिकन मुलुकदेखिको लगानी नेपालमा आउने गरेको पाईन्छ। सबैभन्दा बढी लगानी गर्नेमा भने चीन, भारत, अमेरिका, बेलायत, सिगापुर, दक्षिण कोरिया, मलेसिया लगायतका मुलुक रहेका छन् । ती मुलुकहरुले प्रत्यक्ष विदेशी लगानीमार्फत् नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताले लगानी गर्दै आएका छन्।
धेरै लगानी स्वीकृत गराउने दोस्रो मुलुकमा भने सिगांपुर रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा सिंगापुरले विभागमार्फत् १० अर्ब ४३ करोड ७४ लाख लगानी स्वीकृत गराएको छ। सिगांपुरका लगानीकर्ताहरुले ३ वटा उद्योग स्थापनाका लागि सो लगानी स्वीकृत गराएका हुन् । त्यस्तै चीन (हङकङ), ब्रिटिश भर्जिन आइस्ल्याण्ड, भारतले समेत लगानी भित्रिएको पाईन्छ।
आर्थिक वर्ष २०७७÷७८ मा चीन (हङकङ)ले नौ अर्ब १० करोड ५० लाख, ब्रिटिश भर्जिन आइस्ल्याण्डले तीन अर्ब, संयुक्त राज्य अमेरिकाले एक अर्ब ८३ करोड, भारतले एक अर्ब १२ करोड , दक्षिण कोरियाले २५ करोड ५० लाख र चीन (ताइवान)ले २५ करोड लगानी स्वीकृत गरेको छ। चीन (हङकङ), ब्रिटिश भर्जिन आइस्ल्याण्ड, अमेरिका, भारत, दक्षिण कोरिया र ताइवानका लगानीकर्ताहरुले क्रमशः एउटा, एउटा, ६ वटा, ९ वटा , तीन वटा र एउटा उद्योग स्थापना लागि सो लगानी विभागमार्फत् स्वीकृत गराउनु भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा लगानी स्वीकृत रकममा कमी आएको पाईन्छ। त्यस्तै कतिपय मुलुकबाट भने लगानी नै नआएको अवस्थामा समेत रहेको छ। गत आर्थिक वर्षमा लगानी नै नआएका मुलुक भने बेलयात, युएई, क्यनडा रहेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा भारतीय लगानीकर्ताले १० अर्ब ३१ करोड ९९ लाख, बेलयातले ६ अर्ब ६६ करोड ४३ लाख, अमेरिकाले चार अर्ब ५८ करोड ३९ लाख, संयुक्त अर इमिरेटसले १ अर्ब १२ करोड २४ लाख र क्यानडाले ५० करोड लगानी स्वीकृत गराएका थिए। उहाँहरुले क्रमशः १६ वटा, ४ वटा, ४ वटा, युएईले ३ वटा र क्यानडाले १ वटा उद्योगले स्थापनाका लागि लगाी स्वीकृत गराउनु भएको हा े। आर्थिक वर्ष २०७६/७७ मा उत्तर कोरियाले २६ करोड, सिंगापुरले ५ करोड, चीन (हङकङ)ले पनि ५ करोड लगानी स्वीकृत गराउनु भएको छ। उहाँहरुले क्रमशः ३ र एक÷एक वटा उद्योग स्थापनाका लागि सो लगानी स्वीकृत गराउनु भएको हो।
विदेशी लगानीका लागि न्यूनतम सीम ५ करोड तोकिएको छ। अधिकतम लगानीका लागि भने सीमा निर्धारण गरिएको छैन । ५० करोड भन्दा बढी स्थिर पुँजी भएका उद्योगलाई ठूला उद्योग हुन् ।