Kath khabar
अफगानिस्तान राजधानी काबुलको बाहिरी क्षेत्रमा तालिबान

काबुल, साउन ३१ । अफगानिस्तानको राजधानी काबुलको बाहिरी क्षेत्रमा तालिबान प्रवेश गरेका छन् । बीबीसीका अनुसार राजधानी काबुल नजिकको जिल्लाहरु तालिबानले कब्जा गरेसँगै उहाँहरु काबुलतर्फ अघि बढ्नुभएको हो । सरकारी अधिकारीहरुले भने राजधानी काबुल खाली गर्ने र पसलहरु बन्द गर्न लगाएका छन् । सरकारी अधिकारीहरुले किन त्यसो गर्नु लगाउनु भएको हो सो विषय भने अज्ञात रहेको छ ।

काबुलको बाहिरी क्षेत्रमा रहेका कालाकान, कराबाग र पाघमान रहेको बताइएको छ । तालिबान काबुलको नजिक पुगेको दाबीमा अफगानी सरकारले हालसम्म कुनै प्रतिक्रिया बाहिर ल्याएको छैन । त्यस्तै तालिबानले औपचारिक रुपमा काबुलको विषयमा बोलेको छैन ।

तालिबानले आइतबार मात्रै काबुलबाट नजिकै रहेको जलालाबाद सहर कब्जा गरेको थियो । जलालाबादमा पनि तालिबान पुगेपछि अब अफगानिस्तान सरकारको नियन्त्रणमा काबुल र पाँच प्रान्तीय राजधानी मात्र छन् । अफगानिस्तानमा कुल ३४ प्रान्त छन् । एक साता भित्रै तालिबानले अधिकांश प्रान्तीय राजधानीहरूलाई कब्जामा लिएको हो ।

अफगानका मन्त्रीहरु भने शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरण गर्ने बताउनु भएको छ । यसैबीच, अमेरिका, बेलायतले भने आफ्ना नागरिकहरुलाई सुरक्षित तवरबाट अफगानिस्तानबाट फर्काउने तयारी गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update