Kath khabar
कुलमान बाहिरिएसँगै तराई क्षेत्रमा बढ्यो बिद्युत चुहावट, प्राधिकरणलाई घाटातर्फ धकेल्दै

 

काठमाडौं, बैशाख ९ । नेपाल बिद्युत प्राधिकरणले बितरण गर्ने बिजुलीको चुहावट पछिल्लो समय बढ्दै गएको छ । तराईका क्षेत्रमा चुहावट नियन्त्रण गर्ने भन्दा पनि चोरीमै सेटिङ गर्ने कर्मचारीहरु सरुवामा परेकाले यस खालको समस्या  हो ।
प्राधिकरणले जनाएअनुसार, गत वर्ष दुई नम्बर प्रदेशमा चुहावट १५ प्रतिशत हुने गरेको थियो । जुन अहिले बढेर १६ प्रतिशत पुगेको छ ।   


अहिले गर्मी लागेसँगै फेरी तराई  क्षेत्रमा चुहावट बढेको छ ।  बिशेषगरी जनकपुर बितरण केन्द्र अन्तर्गत पर्ने जिल्लाहरु बारा, पर्सा, सप्तरी र सर्लाहीमा बढि चुहावट हुने गरेको छ ।


त्यस्तै बागमती प्रदेशको चुहावट पनि ७ प्रतिशतबाट बढेर आठ प्रतिशत पुगेको छ  । चिसो समयमा काठमाडौं उपत्यकामा विद्युत चोरी बढ्ने गर्छ । बिशेषगरि भक्तपुर र ललितपुरमा यस्तो चोरी हुने गरेको प्राधिकरण बताउँछ । कैयन स्थानमा यस्ता चोरी  प्राधिकरणले नियन्त्रण गर्न सकेको छैन ।


गत वर्षको असारसम्म प्राधिकरणको चुहावट १० दशमलव २८ प्रतिशत रहेकोमा यो वर्षको माघ मसान्तसम्म यस्तो चुहावट बढेर ११ दशमलव दुई आठ प्रतिशत पुगेको छ। गत वर्ष यस्तो चुहावट ८ दशमलव ५  प्रतिशतमा झार्ने लक्ष्य राखेको प्राधिकरण लक्ष्य अनुसार काम गर्न नसकेपछि यो वर्ष पनि लक्ष्य गत वर्षकै राखेको छ ।


 तर यस्तो चुहावट  घट्नुको साटो झनै बढेकोे छ । चुहावट हुने क्षेत्रका  विद्युत प्राधिकरणका कर्मचारी यस्तो नियन्त्रण तर्फ लाग्न नसक्दा चुहावट झनै बढ्न गएको हो  । हुनत ट्रान्समिसन् लाइन तथा ट्रान्सफर्मर गुणस्तरीय नहुँदा पनि चुहावट नियन्त्रण हुन्छ । तर अहिले प्राधिकरणले ट्रान्समिसन् लाइन र ट्रान्सर्फर भने फेर्ने तथा क्षमता बढाउने काम गरिरहेको छ ।

 नेपाल विद्युत प्राधिकरणले चुहावट नियन्त्रणका काम अघि बढाउन नसक्दा यो झनै बढेर गएको देखिएको छ । गर्मि लागेसँगै तराई  क्षेत्रमा हुकिङ तथा बाइपास गरेर बिद्युत चोरी गर्ने बढेकाले गत वर्षको तुलनामा १ प्रतिशतले चुहावट बढेको  देखिएको हो ।


विद्युत प्राधिकरण भने कोरोना महामारीका कारण  चुहावट नियन्त्रणका काम अघि बढाउन नसकिएको बताउँछ । तर अक्षम नेर्तत्वको परिणाम तराई क्षेत्रमा बिद्युत चुहावट नियन्त्रण हुन नसकेको हो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update