Kath khabar
नेपालले पपुवा न्युगिनी विरुद्ध दुई एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने

काठमाडौं, साउन ३२ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनीसंग खेल्ने दुवै खेलले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ।
 
नेपालले, विश्वकप लिग टु अन्तर्गत ओमान सिरिज अघि, पपुवा न्युगिनीसंग दुर्ई एकदिवशीय अन्तराष्ट्रिय खेल खेल्ने तालिका छ । नेपालले पपुवा न्युगिनीसंग भदौ २० मा पहिलो र २२ गते दोस्रो एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । दोस्रो खेल डे नाइट हुनेछ । दुवै खेलको भेन्यु ओमानमा हो । मौसमका कारण नेपालले राम्रो संग तयारी गर्न पाएको छैन् । नेटमा मात्र सिमित भएको नेपाली टोली भदौ आठ गते नै ओमान जानेछ ।

पपुवा न्युगीनीसंगको दुई एकदिवशीय अन्तराष्ट्रिय खेलले ओमान सिरिजलाई सहयोग गर्ने प्रशिक्षक डेभ ह्वाटमोरले बताउनुभएको छ । “यी दुई खेल अभ्यास मात्रै नभई एकदिवसीय अन्तराष्ट्रिय पनि हो, यसले नेपालको  वरियतामा पनि प्रभाव पर्छ, त्यसैले यो नेपालका लागि निकै महत्वपुर्ण खेल हो ।” प्रशिक्षक वाटमोरले भन्नुभयो ।

नेपालले लिग टु मा पहिलो अवे खेल खेल्दैछ । नेपाल ओमान र अमेरिका सम्मिलत सिजिरको आधिकारिक मिती सार्वजनिक भएको छैन् । तर भदौ २८ देखी असोज चार गतेसम्म सम्भावित तालिका छ ।  सन् २०२० मा घरेलु मैदानमा नेपालले लिग टु मा डेब्यु गरेको थियो । नेपालले चार खेलमा दुईमा जीत र दुईमा हार बेहोरेको थियो । उसले ओमानसंग दुवै खेल हार्दा अमेरिका विरुद्ध चार अंक जोडेको हो । 

त्यस यता नेपाल पहिलो पटक एकदिवशीय अन्तर्राष्ट्रिय खेल्दैछ । ओमान तालिकाको शीर्ष  र अमेरिका दोस्रो स्थानमा छ ।  ओमान टुरका लागि नेपालले केही दिनमानै अन्तिम टोलीको घोषणा गर्ने वाटमोरले बताउनुभएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update