बैदेशिक शिक्षाको लागि बुझाईको रकम फिर्ता हुने
राष्ट्र बैंकले दियो, शिक्षा सेवा शुल्क वापतको रकम फिर्ता गर्न निर्देशन
काठमाडौं, साउन ३२ । बैदेशिक शिक्षाको लागि बुझाईको रकम फिर्ता हुने भएको छ । नेपाल राष्ट्र बैंकले शिक्षा सेवा शुल्क वापतको रकम फिर्ता गर्ने बस्ने व्यवस्था कार्यान्वयनमा ल्याउन आज सोमबार निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सार्वजनिकरुपमा सुचना जारी गर्दे भनेको छ, बिबिध कारणले बैदेशिक अध्ययनमा जान नपाएका बिद्यार्थीले दाखिला गरेको शिक्षा सेवा शुल्क वापतको रकम सरल र छिटो प्रक्रियाद्धारा फिर्ता दिने प्रयोजनका लागि आन्तरिक राजश्व बिभागले यही साउन २१ गते शिक्षा सेवा शुल्क फिर्ता सम्वन्धी प्रकृयागत मापदण्ड २०७८ स्वीकृत गरेको हुंदा सोही बमोजिम गर्नु गराउनुुहुन बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सम्वन्धीत सबैको लागि यो सुचना जारी गरिएको छ, राष्ट्र बैंकले भनेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८ १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय