काठमाडौ, साउन ३२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार चार सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट १५ हजार छ सय ११ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो अवधिमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालम कोभिड १९ को महामारीबाट मृत्यु हुनेहरुको कुुल संख्या १० हजार तीन सय २७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार चार सय ५८ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन ।
काठमाडौ उपत्यकामा भने पछिल्लो २४ घण्टामा नौ सय ६१ जना संक्रमितरु थपिएकाछन । जसमध्ये काठमाडौं जिल्लामा छ सय ७७, ललितपुर जिल्लामा एक सय ६७ र भक्तपुर जिल्लामा एक सय १७ जना संक्रमितहरु थपिएको मन्त्रायले जानकारी दिएको छ ।