काठमाण्डौं, वैशाख ९ । गएराती भएको खेलमा काडिजमाथि तीन शुन्य गोलको प्रभावशाली जित हात पार्दै रियलले एट्लेटिको मड्रिडलाई उछिनेको हो । रियलको खेल चलिरहँदा समर्थकले काडिजको घरेलु मैदान बाहिर भने युरोपियन सुपर लिग इएसएलको विरुद्ध नाराबाजी गरेका थिए । सुपर लिगको रियल लगायत १२ संस्थापक क्लबलाइ अनाधृकित रुपमा प्रतियोगिताको घोषणा गरेको आरोप लगाइएको थियो । यद्यपी ६ प्रिमियर लिग सहित ९ टिमले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन् । रियलको भने निर्णय आउन बाँकी रहेको छ । रियलका अध्यक्ष फ्लोरेन्ट पेरेज सुपर लिगका प्रमुख हुन् । रियलले तीनै गोल पहिलो हाफमै गरेको थियो । करिम बेन्जेमाले खेलको ३० औं मिनेटमा पेनाल्टी गोल गरे । ३३ औं मिनेटमा अल्भारो ओड्रिओजोलाले रियलको अग्रतालाइ दोब्बर बनाए । उनकै पासमा चालिसौ मिनेटमा बेन्जेमाले गोल गरि रियलको तीन शुन्य गोलको जित सुनिश्चित बनाए । बेन्जेमाको यो जारी सिजनको यो २१ औं गोल हो । रियलले यो जित पछि ३२ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको समान अंक भएपनि गोल अन्तरका आधारमा रियल माथि उक्लेको हो ।